हाल सम्म ७७ स्थानीय तहको अन्तिम नतिजा : एमाले ३०, काँग्रेस २६ र माओेवादी १८

अनलाइन दर्पण 2017-05-17
img

काठमाडौं, जेठ ३ । आइतबार पहिलो चरणमा सम्पन्न भएको ३४ जिल्लाका २ सय ८१ स्थानीय तहको निर्वाचन मध्ये ७७ स्थानीय तहको अन्तिम नतिजा आएको छ ।

मतगणना सकिएको ७२ स्थानीय तहमा एमालेले अहिलेसम्म ३० स्थानमा जित हात पारेको छ ।

यस्तै, संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने दोस्रो स्थानमा रहेको छ । काँग्रेसले भने अहिलेसम्म २६ स्थानमा विजय हासिल गरेको छ ।

तेस्रो दल नेकपा माओवादी केन्द्र भने स्थानीय तहको चुनावमा पनि तेस्रो स्थानमै रहेको छ । हालसम्म माओवादी केन्द्र १८ स्थानमा विजयी भएको छ ।

तीन स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
कुल निर्वाचन भएको तहः २ सय ८१
प्राप्त नतिजाः ७७ स्थानीय तह
नेकपा एमालेः ३०
विजयी नेपाली काँग्रेसः २६
नेकपा माओवादी केन्द्रः १८
स्वतन्त्रः ३

सम्बन्धित समाचार