जेठ २, काठमाडौं । पूर्व सभासद धर्मेन्द्रा उपाध्यायसहित नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरिरहेकाे नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई काठमाडौं प्रहरीले असनबाट नियन्त्रणमा लिएको छ । मंगलबार स्थानीय निर्वाचन अन्तर्गत कालिकाेट घटनाकाे बिरुद्ध बिरोध कार्यक्रमको तयारी गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
विप्लवका आधा दर्जन कार्यकर्ता नियन्त्रणमा लिएको जानकारी दिँदै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) छविलाल जोशीले भने, ‘निर्वाचनको वातावरण भोलीको दिनमा पनि सुरक्षित बनाउन नियन्त्रणमा लिएका हौं ।’
पक्राउ परेकी पूर्व सभासद उपाध्याय हाल नेपाल कम्युनिष्ट पार्टीकस् केन्द्रीय सदस्य हुन् । पक्राउ पर्नेहरुमा काठमाडौं बानेश्वर बस्ने एल के रायमाझी र कैलालीका विवेक विष्टसहित आधा दर्जन रहेका छन् ।
पूर्व सभासद उपाध्यायलाई महानगरीय प्रहरी वृत दरबारमार्गमा राखिएको छ, अन्यलाई जनसेवा र सिंहदरबार वृत्तमा रखिएको प्रहरी स्रोतले जनाएको छ ।
यता विप्लव माओवादीले प्रहरीले पञ्चायतकालीन हर्कत देखाएको र अाफ्नाे पार्टीकाे नेता तथा कार्यकर्ता विना सर्त तू रिहा गर्नुपर्ने प्रतिक्रिया दिएको छ ।