सुर्यबिनायक –१ मा एमालेको पुरै प्यानल बिजयी

अनलाइन दर्पण 2017-05-16
img


काठमाडौं, २ जेठ – नेकपा एमालेले भक्तपुरमा खाता खोलेको छ । भक्तपुरको सूर्यबिनायक नगरपालिकाको वडा न.१ मा सानुकाजी कायस्थको एमालेको पुरै प्यानल बिजयी भएको छ । वडाध्यक्षमा कायस्थ र सदस्यहरुमा बाबुकाजी श्रेष्ठ, प्रदीप कार्की, अम्बिका न्यौपाने र कल्पना नेपालीले बिजय हासिल गरेका छन् ।


सुर्यबिनायक नगरपालिकाको मेयर र उपमेयरमा शुरुदेखिको अग्रता एमालेको कायम राखेको छ । एमालेका मेयरका उम्मेद्वार बासुदेब थापाले १३३९ मत प्राप्त गरेका छन् कांग्रेसका उम्म्दवारले ९४६ मत ल्याएका छन् । त्यस्तै, उपमेयरमा एमालेकी जुना बस्नेतले १४४१ मत प्राप्त गरेकी छिन् भने कांग्रेसका उम्मेद्वारले ७७८ मत ल्याएकी छिन् । 

सम्बन्धित समाचार