वडावासीको सुरक्षा मेरो पहिलो दायित्व हो : वडा अध्यक्ष कार्की

अनलाइन दर्पण 2023-08-24
img

विकास प्रहर, भक्तपुर । वडावासीलाई डर त्रासबाट मुक्त भएर जीवनयापन गर्न  सक्ने बनाउनु वडा अध्यक्षको महत्त्वपूर्ण भूमिका रहन्छ। यस्तै भूमिका निभाउँदै आएका छन् चाँगुनारायण नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सिजन कार्की।

वडा अध्यक्ष कार्कीले वडामा कुनै पनि आपराधिक क्रियाकलाप नहोस् भनेर चोक चोकमा सिसिटिभी क्यामेराहरू जडान गरिदिएका छन्। नगरपालिकाभित्र ठुलो समस्याको रूपमा चोरीको घटना सिसिटिभी क्यामेराको जडान पछि कमी आएको छ। चोकमा बसेर लागुऔषध  सेवन गर्नेहरू हटेका छन्।

सडक दुर्घटनामा कमी आएको छ। बालुवा चोरी निकासी रोकिएको छ। हालै बन्दै गरेको घरबाट घर बनाउन प्रयोग भएको फलामका  फर्माहरू चोरी भएपछि यही सिसिटिभी फुटेजका आधारमा प्रहरीले चोरहरूलाई पक्राउ गरेको छ।

१० लाख भन्दा बढी मूल्य पर्ने फर्माहरू ट्रकमा लोड गरेर लगेका थिए। सिसिटिभी क्यामेरा जडान पछि आफूहरूलाई चोरीबाट हुने डर त्रास हटेको स्थानीयहरू बत्ताउँछन्। वडा अध्यक्ष कार्की भन्छन् ूवडाबासिको सुरक्षा मेरो पहिलो दायित्व हो। वडावासीलाई सुरक्षा ,सुशासन र समृद्धि दिन अहोरात्र खटिरहेको बताउँछन्।

सम्बन्धित समाचार

Advertisement