गृहमन्त्री विमलेन्द्र निधीकाे राजीनामा फिर्ता

अनलाइन दर्पण 2017-05-04
img

काठमाडौँ, २१ वैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिनुभएको राजीनामा फिर्ता लिनुभएको छ ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र निधिबीचको छलफलपछि उहाँले राजीनामा फिर्ता लिनुभएको हो ।

गृहमन्त्रीका प्रेस संयोजक रामजी दाहालले भन्नुभयो “प्रधानमन्त्री र काँग्रेस सभापतिबीच आज बिहान भएको छलफलमा राजीनामा फिर्ता लिन आग्रह गरेपछि निधिले त्यसलाई स्वीकार गर्दै मन्त्रालयमा फर्किन तयार हुनुुभएको हो” देशको परिस्थिति र निर्वाचनलाई मध्यनजर गर्दै निधिले राजीनामा फिर्ता लिनुभएको प्रेस संयोजक दाहालले बताउनुभयो ।

गृहमन्त्री निधिले प्रधानमन्त्रीसमक्ष यही वैशाख १७ गते राजीनामा दिनुभएको थियो । रासस

सम्बन्धित समाचार