एनआरएनए उपाध्यक्षमा गणेश केसीलाई उम्मेदवार बनाउने जनसम्पर्क समिति अष्ट्रेलियाको निर्णय

अनलाइन दर्पण 2021-09-07
img

सिड्नी । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाले ओसिनिया क्षेत्रबाट गणेश केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । समितिको चौथो अधिवेशन तयारी समितिको पाँचौ बैठकले समितिका सदस्यहरुको प्रस्ताब अनुरुप अधिवेशन तयारी समितिका सदस्य एबम एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष गणेश केसीलाई आसन्न एनआरएनएको निर्वाचनमा आइसिसी उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बैठकले आसन्न एनआरएनए आईसीसीको निर्वाचनमा उपध्यक्ष पदको उमेदवारीमा सहयोग गर्न सर्वसम्मत निर्णय गरेको हो । नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष कृष्ण गिरीले सो निर्णयसहित आइसिसी अध्यक्षका उम्मेदवार कुल आचार्यलाई केसीलाई आधिकारिक रुपमा उम्मेदवार बनाउन पत्र लेख्नु भएको छ ।

गिरीले आचार्यलाई पत्र लेख्दै भन्नु भएको छ, 'केसीको उम्मेदवारी प्रति सकरात्मक भई तपाईको आधिकारीक समुहमा प्रस्तुत गरीदिनुहुन अनुरोध गर्दै उहाँको नाम जनसम्पर्क समिति अष्ट्रेलियाबाट सिफारीस गर्दछौं ।' केसी एनआरएनए अष्ट्रेलियाको स्थापना कालदेखि सक्रिय रहदै सन २०११ मा एनआरएनए अष्ट्रेलियाको अध्यक्ष हुँदै सन २०१३ मा एनआरएनए आईसीसी सदस्य भई सक्नु भएको छ ।

यस अघिको आईसीसीको निर्बाचनमा उपाध्यक्ष पदको उम्मेदवारी नदिई सहजकर्ताको भूकिकामा रहि कांग्रेसी टिमलाई सहयोग गर्नु भएको थियो । अष्ट्रेलियाको सिडनीमा स्थायी बसोबास गर्दै आउनु भएका केसी अष्ट्रेलिया र नेपालमा व्यवसाय गर्दै आउनु भएको छ ।

'एनआरएनए आईसीसीमा लामो अनुभब हासिल गरी सक्नु भएको केसी ओसिनियाबाट एकजना मात्र कांग्रेसी उमेदवारको रुपमा हुनुहुन्छ । खुल्लाबाट ४ उपाध्यक्ष हुने व्यवस्था भए अनुरुप उहाँलाई ओशिनिया क्षेत्रको प्रतिनिधित्व हुने गरी आधिकारीक उम्मेदवार बनाई सहयोग गरीदिनुहुन समितिको निर्णय अनुरुप हार्दिक अनुरोध गर्दछु', गिरीले आचार्यलाई पठाउनु भएको पत्रमा भनीएको छ ।

सम्बन्धित समाचार

Advertisement