कागेस्वरी-मनोहरा ८ मा काग्रेस अधिबेशनमा वडा सभापतिमा पुडासैनी र चापागाईं भिडने ,चापागाईंको पल्ला भारी

अनलाइन दर्पण 2021-09-05
img

  श्याम पुडासैनी

काठमाडौ ,भाद्र १८ । नेपाली कांग्रेस को १४ औ महाधिबेसन को चर्चा चलिरहदा कागेस्वरी मनोहरा नगरपालिका वडा नं ८ को वडा अधिवेशन को पनि राम्रै चर्चा चलिरहेको छ कागेस्वरी मनोहरा नगरपालिका वडा नं ८ मा इकाई सभापति को लागि  पुर्ब इकाइ सभापति  हरि भक्त पुडासैनी र नारायण चापागाईं रहेका छन भने बलियो दाबेदार को रुपमा सानै उमेरदेखि काङ्ग्रेस को राजनीति गरेका नारायण चापागाई को उमेदवारी ले युवा जमात मा ठुलो तरङ्ग ल्याएको छ।

चापागाई परिवार मा जन्मेका नारायण अाफ्ना परिवारका प्राय कम्युनिस्ट पार्टी मा भयपनि सतिसाल झै काङ्ग्रेस को पक्षमा उभियको र काग्रेस पार्टीमा उहाको योगदान उल्लेखनीय रहेको  पुष्प दाहाल बताउनुहुन्छ ।

युवाहरुका प्रिय चापागाई समाजसेवी तथा युवा हरुको बिच लोकप्रिय छन् हरेक सामाजिक कार्यमा पनि राम्रो खट्ने नारायण वडा सभापति को उमेदवार बन्नु ले साबिक वडा नं ३को ९०% किर्यासिल नारायण चापागाई को पक्षमा रहेको र वडा नं ८ मा रहेका ३८७ जना सदस्य मा  २४९ सदस्य नारायण चापागाई को पक्षमा रहेको युवा नेता दिपक बस्ताकोटी बताउनु हुन्छ नारायण चापागाई को टिममा पार्टीमा योगदान गरेका जनताको मनमा बसेका कृयासिल सदस्यहरु को सहयोग रहेकाले पनि जित सुनिश्चित रहेको बताउनु  हुन्छ ।

त्यस्तै वडा ८ मा (साबिक गोठाटार १,२,३र ४ मा १ र २ मा चापागाईं र पुडासैनी को बराबर कृयासिल सदस्य रहेता पनि ३ र ४ मा चापागाईंको पल्ला भारी ) रहेको स्थानिय युवा नेता रुपक दाहाल बताउनु हुन्छ। हरिभक्त पुडासैनी स्थानिय निर्बाचन पनि लडेर पराजय भएको र पार्टी  वडा सभापति पनि हाल सम्म रहेको अब जिम्मेवारी हस्तान्तरण गर्नु पर्ने अरुलाइ पनि मौका दिन पर्ने कुरा सबैमा रहेको कुरा सिजन दाहाल बताउनु हुन्छ ।

हरि भक्त पुडासैनीका अनुसार लोकतान्त्रिक प्रक्रियामा पार्टी गए पछि बिजय पराजय आफ्नो ठाउमा रहन्छ तर त्यस्का कारण पार्टी लाई कुनै असर पर्नु नहुने बताउनु हुन्छ ।

सम्बन्धित समाचार

Advertisement