गोकुलगंगा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

अनलाइन दर्पण 2021-06-08
img

रामेछाप l बेताली (रामेछाप) सम्पर्क समाज काठमाडौले गोकुलगंगा गाउँपालिकाद्वारा संचालित गोकुलगंगा अस्पताललाई ठूलो मात्रामा स्वास्थ्य सामाग्री  हस्तान्तरण गरेको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारी फैलिएको वर्तमान अबस्थामा कोरोना महामारीविरुद्ध लड्नका लागि सहयोग पुग्नुका साथै महामारीपछि पनि अस्पताल संचालनमा सहयोग पुगोस भन्ने हेतुले, काठमाडौं लगायत बसोबास गर्ने  बिभिन्न सहयोगी दाताहरुबाट सहयोग संकलन गरि हस्पिटल बेड लगायत विभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु आज काठमाडौंमा एक अनौपचारिक कार्यक्रम गरी हस्तान्तरण गरिएको थियो । उत्त सामग्री पालिका उप- प्रमुख राधिका श्रेष्ठ ( नेवार ) को नेतृत्वमा वडा न ३ का वडा अध्यक्ष नरबिक्रम कार्की समेतको टिमलाई हस्तान्तरण गरिएको हो ।

समाजले यो संकटको घडीमा आफ्नो पालिकाको अस्पताललाई  हस्पिटल बेड १५ थान, उत्त बेडको लागि चाहिने गद्दा १५ थान, तकिया १५ थान, तकियाको खोला र तन्ना ३० / ३० थान, विरामीलाई ओड्ने ब्ल्यांकेट १५ थान, फाइबर सिरक १० थान, लकर १५ थान, स्लाईन स्टेण्ड १५ थान, निबुलाइजर १५ थान,  त्यसैगरी अक्सिमिटर १ थान र ग्लुकोमिटर १ थान  लगायत विभिन्न प्रकारका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको बेताली (रामेछाप) सम्पर्क समाज काठमाडौका अध्यक्ष केशब प्रसाद घिमिरेले बताउनुभयो ।

उत्त कार्यक्रममा छोटो मन्तब्य राख्दै उप प्रमुख श्रेष्ठले  कोरोना महामारी विश्व मानव समुदायका लागि चुनौतीका रुपमा देखा परेको उल्लेख गर्दैै सबै क्षेत्र, व्यक्तिले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने बताउनु भयो ।

 यसैबीच सम्पर्क समाजका अध्यक्ष तथा समाजसेवी केशव प्रसाद घिमिरेले  कोरोना महामारीको सबैले मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै, आगामी दिनमा समेत आफ्नो गाउँ ठाउँको लागी जस्तोसुकै परिस्थितिमा पनि आवश्यक सहयोग गर्न पछि नहट्ने बताउनु भएको थियो।  सो हस्तान्तरण कार्यक्रममा सम्पर्क समाजको तर्फबाट  केशव प्रसाद घिमिरे, निलप्रसाद घिमिरे, झपड  बहादुर भन्डारी, अर्जुन बस्नेत, बालकुमार कार्की, केशव कार्की, पर्शुराम कार्की, होम बहादुर खड्का, गोपाल खड्का लगायत विभिन्न समाजसेवीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार