सुशील कार्की
जेष्ठ -५ उदयपुर । उदयपुरको कटारी नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष, इन्जिनियरको घर तोडफोड गरेको छ । कटारी नगरपालिका ४ सिम्ले स्थित नगरपालिका भवन बनाउनको लागि छुटिएको जग्गामा स्थानीयहरुले रातारात घर बनाएपछि नगरपालिकाले घर भत्काएको थियो ।
सार्वजनिक जग्गा कटारी ४ को किता नं. १०८, ७८ र १८८ गरी २ विगहा ६ कठ्ठा जग्गामा निषेधज्ञाको मौका छोपी रातारात घर बनिरहेपछि नगरपालिकाले घर भत्काई दिएपछि स्थानीयहरु आन्दोलित भएर मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी), उपमेयर भिमकुमारी राउत, कटारी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कृष्णराज दनुवार, इन्जिनियर ओम मिश्रको दुई वटा घरमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिए ।
कटारी नगरपालिका र नगरपालिकाका मेयरको सिमाना सिमाना जोडिएको छ भने कटारी नगरपालिका वडा नं. ४ का वडाध्यक्षको घर पनि नगरपालिकाबाट ५० मिटरको दुरीमा रहेको छ ।
कटारी नगरपालिका का मेयर ले बिज्ञपति निकालेका छन जस्मा सार्बजनिक सम्पत्तिको संरक्षण गर्नका निम्ति नगरपालिकाले गरेका काम लाई एकाध अपराधीक मनोवृत्ति भएका मानिसहरुको उक्साहटमा आएर माहामारीको समयमा भएको घटना निन्दनीय छ ।
यस गतिविधिमा प्रत्यक्ष एबम अप्रत्यक्ष संगलग्न लाई कानुनको दायरामा ल्याउन प्रसासन समक्ष अनुरोध गरेको छ।
स्थाानीयजनताको भनाइ अनुसार सार्बजनिक सम्पत्ति र बिकासनिर्माण को हामी बिरोधि हैन तर समय अनुकुल नरहेको बताााउँछन् ।कृयापुत्री बसेका बेला डोजर लगेर घर जलाउदा कस्को मन दुख्दैैैन र आन्दोललित हुदैन ।