महाराजगन्जस्थित प्रहरी अस्पतालमा अक्सिजन उत्पादन सुरु

अनलाइन दर्पण 2021-05-05
img

काठमाडौं । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा अक्सिजन उत्पादन सुरु गरिएको छ। दैनिक १ सय ४० सिलिण्डर उत्पादन क्षमताको ‘डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम’ अस्पतालले सञ्चालनमा ल्याएसँगै अक्सिजन उत्पादन सुरु भएको हो।

प्रतिसिलिण्डर ४६ लिटर अक्सिजन क्षमता रहेको बताइको छ । अस्पताल स्रोतका अुनसार अस्पतालमा खपत हुनेभन्दा बढी अक्सिजन उत्पादन हुने भएकाले महामारीको समयमा अन्य क्षेत्रमा माग अनुसार अक्सिजन वितरण हुनेछ।

कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिण्डर फिलिङस्टेशन लगायतका उपकरण राखिएको उक्त सिस्टम ‘युनाइटेड नेशन अफिस फर प्रोजेक्ट सर्भिसेज’ (युएनओपिएस) को सहयोगमा करिब तीन करोड लागतमा सञ्चालनमा ल्याइएको हो।

सम्बन्धित समाचार