काठमाडौं । कोरोना महामारीका कारण लामो समयसम्म बन्द रहेको ललितपुरको सदर चिडियाखाना आठ महिनापछि आज बिहीवारदेखी खुल्ला गरिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको निर्णयपछि स्वास्थ्य सुरक्षाका मापदण्ड तयार गरी चिडियाखाना खोल्न लागिएको हो ।
कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि चिडियाखाना बन्द गरिएको थियो ।
चिडियाखाना प्रवेश गर्ने प्रत्येक व्यक्तिले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेछ । चिडियाखानामा भिडभाड हुन नदिन एक पटकमा ७ सय देखि ८ सय व्यक्तिलाई मात्र प्रवेश गराइने र प्रत्येक व्यक्तिले अनिवार्य माक्स लगाउनुपर्ने चिडियाखाना व्यवस्थापनले जनाएको छ ।
यसैगरी चिडियाखानाभित्र बसेर खान र वन्यजन्तुलाई खुवाउन तथा छुन पाइने छैन । यसअघि झैँ हरेक दिन बिहान १० देखि बेलुका ५ बजेसम्म चिडियाखाना खुल्ला रहनेछ ।
भीडभाड हुन नदिन चिडियाखानाको वेबसाइट वा ई-सेवामार्फत् अनलाइन टिकटको व्यवस्था समेत गरिएको छ ।