काठमाडौं । मौसम पूर्वानूमान महाशाखाले आज सोमबारको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
महाशाखाका अनुसार नेपालमा अहिले कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।
हाल देशभर मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
जारी सूचनाका अनुसार दिउँसो देशभर सामान्यतय सफा रहेता पनि अपरान्ह पछि पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।
यस्तै, राती देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।