मन्त्री फुयाल द्वारा दोलाखामा गएको बाढी बाट भएको क्षति निरीक्षण

अनलाइन दर्पण 2020-09-20
img

  सरोज ठकुरी

सरोज ठकुरी ,असोज ४ ,दोलखा  कालिन्चोक गाउपालिका -५ लापिलाङ गएको घटेखोला मा गएको पहिरो बाट भएको क्षति को निरीक्षण गर्न बागमती प्रदेशका भौतिक पुर्बधार मन्त्री रामेस्वर फुयाल जानू भयो ।जस्मा परदेश सभासद पसुपती चौलागाईं ,नेपाल कम्युनिस्ट पार्टी बाग्मती पर्देश कमिटी सदस्य बालकृष्ण शिवाकोटी ,कालिन्चोक गाउपालिका प्रमुख बिनकुमार थामी ,उप प्रमुख कालिका पाठक,नेपाल कम्युनिस्ट पार्टीका नेता गणेश शिवाकोटी ,नेकपा जिल्ला कमिटी सदस्य दिपेन्द्र शिवाकोटी लगाएत नेताहरुको उपस्थिति रहेको थियो जस्मा मन्त्री फुयालले भदौरे स्याङ्बा रोड छिटो बनाइ सक्ने र स्याङ्बाको ढुङ्गा खानी बाट उत्पादन भएको ढुगा निर्यात गर्नु पर्ने बताउनु भयो ,मुढेको आलु जस्तै कालिन्चोकमा उत्पादन भएको आलुको पनि महत्त्व रहेकाले त्यस्का लागि पनि बजार प्रयाप्त रहेको र देश निर्माणमा पुर्बाधार प्रमुख रहेको र बाढी पीडित लाई सामुहिक घरनिर्माणमा प्रदेश सरकार ले सक्दो सहयोग गर्ने बताउनु भयो ।यस्तै सभासद पसुपती चौलागाईंले कालिन्चोकको बृहत बिकास का लागि गर्नु पर्ने हरेक योजनाहरु बनेका र सबै काम हरु क्रम बद्द सकिने बताउनु भयो।यस्तै बाढी पिडितलाइ सरकारी ,गैरसरकारी तवर बाट सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।

सम्बन्धित समाचार