दोलखाको गौरीशंकर गाउँपालिकामा रहेको हिमाल दोलखा हाइड्रोपावर कम्पनिमा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।
गौरीशंकर गाउँपालिका वडा नम्बर–५, गुरुफीस्थित हिमाल दोलखा हाइड्रोपावरमा काम गर्ने क्रममा क्रेनको डोरी चुडिएर काभ्रेपलाञ्चोक जिल्ला स्थित पनौती–६, घर भएका ३१ वर्षिय महेश केसीको मृत्यु भएको हो । उनको हिजो साँझ करिब ६ बजे क्रेनको डोरी चुडिएर घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरक्षिक रेशम बोहराले जनाकारी दिनु भयो ।
घट्नाको थप अनुसन्धान भईरहेको दोलखा प्रहरीले जनाएको छ ।