भक्तपुरको निकोसेरामा एकै परिवारको तीन सदस्यको रहस्यमय मृत्युु

अनलाइन दर्पण 2020-09-11
img

श्रीकृष्ण बुढाथोकी । २६ भदौ,  भक्तपुर। भक्तपुरमा एकैघरका तीन जना आफ्नै घरमा मृत भेटिएका छन् ।

मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा सुदीप अधिकारी, उनकी पत्नी सुशीला र छोरा सुशान्त मृत अवस्थामा भेटिएका हुन् । यसका साथै मृतकको घरमा पालिएको कुकुर पनि मृत भेटिएको छ ।

घटनाको जानकारी पाएपछि भक्तपुरका एसपी तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा घटनास्थलमा गएका छन् । घटनाको विषयमा विस्तृत जानकारी आइनसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए

सम्बन्धित समाचार

Advertisement