देशभर १ हजार ६९ संक्रमित थपिए , उपत्यकामा मात्रै ४८१ जना

अनलाइन दर्पण 2020-09-01
img

काठमाडौँ, १६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार ६९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै ४ सय ८१ जना संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंका ३ सय ९३, ललितपुरका ५८ र भक्तपुरका ३० जना रहेका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार