चौतारा, १६ भदाै। । गत साउन ३० गते शुक्रबार लिदिको पहिरोमा परि वेपत्ता भएका मध्ये थप एकजनाको शव फेला परेको छ । मंगलबार मामाघरमा गएका बेला पहिरोमा पुरीएका वर्ष १७ का सुवास तामाङको शब फेला परेको हो ।
यो सहित ३७ जनाको लास भेटिएको र अब दुइ जना मात्रै फेला पर्न बाँकी रहेकाे छ । पहिरोको १८ दिनपछी तीन जना फेला परेपनि अझै तीन जना हराएरहेका छन् । वेपत्ताको खोजीको लागि सेना प्रहरी स्थानीय लागीरहेका छन। यो वर्ष मात्रै सिन्धुपाल्चोकमा बाढी तथा पहिरोमा परि २२ जना हराइरहेका छन् भने ६० जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयले जिल्ला बासिलाइ सुरक्षीत ठाँउमा बस्न आग्रह गरेको छ । सिन्धुपाल्चोकमा भारी बर्षाको सम्भावना रहेको भन्दै सुरक्षित ठाउमा बस्नका लागि आग्रह गरेको हो । जल तथा मौसम पुर्वानुमान बिभाग वाट समेत जानकारी आएको र अहिले देखिनै पानी पर्न थालिसेकेको हुनाले सबै जना सुरक्षित स्थानमा गएर बस्न हुन जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक जोखिम क्षेत्रमा रहनु भएका समस्त नागरिकमा अनुरोध गरिएको छ ।