अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर नियन्त्रणमा

अनलाइन दर्पण 2020-08-28
img

अंगद यादव/ नवलपरासी पश्चिम १२ भदौ । नवलपरासी पश्चिममा बिभिन्न ठाउँबाट नदिजन्य पदार्थ उत्खनन कार्यमा संलग्न ७ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रवार रामग्राम नगरपालिका वडा नं.-१२ स्थित झरही खोलामा अबैधरुपमा नदिजन्य पदार्थ मिस्कट,बालुवा उत्खनन गर्दै गरेको अवस्थामा लु २ त ९९३५ नम्बरको ट्याक्टर र सोही नगरपालिका स्थित वडा नं.-१२ तुरिया खोलाबाट अबैधरुपमा उत्खनन गरी मिस्कट बालुवा लोड गर्दै गरेको लु ३ त ८२१८ नम्बरको ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी रामग्राम नगरपालिकाको कार्यालय बुझाएको छ ।

त्यसैगरी पाल्हीनन्दन गाउँपालिका वडा नं.-३ पिपरहिया स्थित झरही खोलाबाट अबैधरुपमा उत्खनन गरी मिस्कट बालुवा लोड गर्दै गरेको अवस्थामा ५ वटा ट्याक्टर लु ४ त ३८५५, लु २ त २४१५, लु २ त ९७१९, ल २ त ८५९७ र ग २ त २७५८ नम्बरको ट्याक्टरलाई सिमा प्रहरी चौकी महेशपुर,ईलाका प्रहरी कार्यालय अमानीगंज र प्रहरी चौकी गोबरहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको उक्त ५ वटै ट्याक्टरलाई आवश्यक कारवाहीको लागी पाल्हिन्दन गाउँपालिकाको कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय नवसपरासी पश्चिमका सुचना अधिकारी राजु लामाले बताए ।

सम्बन्धित समाचार