बिहानै दुखद खबर:पहिरोले घर पुरिँदा सुतेकै ठाउँमा १९ वर्षीया युवतीको मृत्यु

अनलाइन दर्पण 2020-08-25
img

बागलुङ, ९ भदौं । एकाबिहानै दुखद खबर आएको छ । लगातारको भारी बर्षाका कारण आज (मंगलबार) बिहान ५ बजेतिर खसेको पहिरोले घर पुरिंदा बागलुङको अर्नाकोटमा एक युवतिको ज्यान गएको छ । ढोरपाटन नगरपालिका–२ अर्नाकोटमा खसेको पहिरोले १९ वर्षीया पूजा परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयले थाहा पाएर पहिरो पन्छाउन जाँदा उनको सुतेकै स्थानमा मृत्यु भइसकेको थियो । मृतकका बाबु विदेशमा छन् । अन्य परिवारका सदस्य भएरनभएको अहिलेसम्म खुलेको छैन । मृतक परियार उक्त घरमा एक्लै बस्दै आएकी थिइन् ।

सम्बन्धित समाचार