काठमाडौं, ४ असार । कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी चितवनकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्रोतका अनुसार कुवेतबाट फर्केकी २२ वर्षकी महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो उनी चितवनकी हुन् ।
कुवेत सरकारले जेठ २९ गते जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये उनी पनि एक हुन् । गत आइतबार त्यही समूहकी अर्की महिलामा पनि संक्रमण पुष्टि भएको थियो । उनीहरू भक्तपुरको खरीपाटीस्थित क्वारेन्टिनमा छन् ।