सूर्यविनायकमा एमालेको १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

अनलाइन दर्पण 2017-04-08
img

भक्तपुर,२६ चैत्र । स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने लक्ष्यका साथ नेकपा एमाले भक्तपुरले आफ्नो संगठनको आन्तरिक अभियानलाई जिल्लाभर तीव्रता  दिएको छ । भक्तपुरका सबै नगरपालिकामा जिल्ला कमिटीले तय गरेको कार्यतालिका अनुसार एमाले सूर्यविनायक नगर कमिटीले आज  वडा नं ९ नंखेलमा वृहत कार्यकर्ता भेला सम्पन्न  गरेको छ  । भेलाले सूर्यविनायक नगरपालिकामा  सुनिल थापाको संयोजकत्वमा १०१ सदस्यीय रहेको निर्वाचन परिचालन कमिटी गठन गरेको छ । 

सो भेलाले विनय महतको संयोजकत्वमा प्रचार–प्रसार कमिटि, गंगा खड्काको संयोजकत्वमा अखिल नेपाल महीला संघ, दिपेश केसीको संयोजकत्वमा युवा संघ, बाबुराम लामाको संयोजकत्वमा विद्यार्थी संगठन, कुमार रानाको संयोजकत्वमा किसान संगठन र राघव खत्रीको संयोजकत्वमा बुद्धिजीवी संगठन समेत  गठन गरेको छ । 

सम्बन्धित समाचार