नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुग्यो, एकै दिन ५९ जना थपिए

अनलाइन दर्पण 2020-05-22
img

काठमाडौं, ९ जेठ । शुक्रबार एकै दिन ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शुक्रबार राति थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५१६ पुगेको हो । 

नयाँ पुष्टि भएका ९ जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा प्रयोगशालामा परीक्षण गराएका छन् । 

संक्रमित हटौंडा ३ की ४५ र भक्तपुर ९ की ४२ वर्षीया महिला  छन् । त्यसैगरी सप्तरी लान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष र बारा मिमरगढ नगरापािलकाका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष छन् । 

शुक्रबार बिहान ३०, दिउँसो २० र साँझ ९ गरेर ५९ जनामा एकै दिन कोरोना पोजिटिभ पुष्टि भएको हो। कैलालीको सरस्वती माविको क्वारेन्टाइनमा रहेका तीन पुरुष, परसुराम १० घर भएका डडेलधुराका एक २८ वर्षीय पुरुष, बैतडीको शिवनाथ १ का २२ वर्षीय पुरुषको  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको थियो । 

त्यसैगरी बाँकेका १८ देखि ६१ वर्ष उमेर समूहका १४ जनाको भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो।  त्यसैगरी मोरङको रतुवामाई–२ का एक ४१ वर्षीय पुरुषको पीसीआर रिपोर्टसमेत पोजिटिभ देखिएको छ । योसँगै शुक्रबार दिउँसो २० जनामा कोरोना पुष्टि भएको थियो । 

शुक्रबार बिहान मात्र  ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। नवलपरासी (बर्दघाट सुस्ता पूर्व),चितवन, नवलपरासी, कपिलवस्तु र सर्लाही जिल्लामा कोरोना संक्रमित भेटिएका थिए।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा संक्रमित भेटिएका थिए।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनय त्रिवेणी गाउँपालिका-६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, नवलपरासी, सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका-३ र १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको थियो । 

त्यसैगरी कपिलवस्तु बाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष र ८ वर्षीय बालिका, सर्लाही, गोडैता नगरपालिका- ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा कोरोना पोजिटिभ देखिएको हो ।

हालसम्म जना ७० डिस्चार्ज भएका छन् ।  संक्रमितमध्ये पुरुष ४४० र महिला ७६ छन् । तीन जनाको भने मृत्यु भइसकेको छ। पीसीआर विधिबाट हालम्म ४२ हजार ४ सय ८८ र  आरडीटी विधिबाट ८२ हजार एक सय १६ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार आठ सय १९  र आरडीटी  विधिबाट तीन हजार चार सय २१ परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार

Advertisement