दोलखामा यात्रुबस दुर्घटना, ७ जना घाईते

अनलाइन दर्पण 2017-04-05
img

 दोलखा २३, चैत्र । काठमाडौंबाट- चरिकोटतर्फ जादैँ गरेको यात्रुबाहक बस  भीमेश्वर नगरपालिका ७ साखिने नजिकै दुर्घटना हुँदा ७ जना घाईते भएकाछन् । घाईते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

अरनिको सगरमाथा यातायातको बा २ ख ६२०४ नम्बरको बस  बुधबार विहान सवा १० बजे तीर दुर्घटनामा परेको हो । घाईतेहरुको उद्धार गरेर दोलखा सामुदायिक अस्पतालमा ल्याईएको प्रहरीले जनाएको छ ।

 तीव्र गतिका कारण बस अनियन्त्रित भई दुर्घटना घटेको बसमा सवार यात्रुले बताएका छन् । सडक छेउको रुखमा बस अड्किन्दा धेरै ठुलो क्षती भने नभएको बुझिएको छ  ।

सम्बन्धित समाचार