भक्तपुरमा औद्योगिक तथा व्यापार मेला शुरु

अनलाइन दर्पण 2017-04-04
img


चैत २२, भक्तपुर । भक्तपुरमा आजदेखी १२ दिने औद्योगिक, साँस्कृतिक तथा व्यापार मेलाको आयोजना गरिएको छ । उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँवर्षको अवसरमा औद्योगिक तथा व्यापार मेला सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर व्वाइज व्याण्डले भक्तपुरको सल्लाघारीमा आयोजना गरेको मेलामा अटोमोवाईल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, बिभिन्न ब्राण्डका मोवाईल, ईलेक्ट्रोनिक्स सामानलगायतका २ सय २५ स्टल रहेको संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो । मेलामा दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहेको छ । 
मेलामा बिक्री गरिने सामानहरुमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने ब्यवस्था गरिएको आयोजकले जनाए । मेलामा छ दर्जनभन्दा बढि राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक प्रस्तुतीका साथै हाँस्य व्यङ्ग्य प्रस्तुती रहने कार्यक्रम संयोजक दिपक थापाले जानकारी दिए ।

मेलाको उद्घाटन गर्दै नेकपा एमालेका महासचिव इश्वर पोखरेलले औद्योगिक क्षेत्रको विकासका लागि राजनीतिक स्थिरता हुनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक स्थिरता र दिगो विकासका लागि कार्यकारी अधिकार सहितको स्थानीय तह, प्रदेश तह र केन्द्रिय तहको निर्वाचन आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार