काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीका लागि माग गरिएको सङ्ख्याभन्दा झन्डै १ लाख बढी आवेदन परेको छ ।
प्रहरी प्रधान कार्यालयले यही चैत ११ देखि चैत १७ गतेसम्मका लागि ७५ हजार म्यादी प्रहरीका लागि आवेदन मागेकामा एक लाख ७२ हजारभन्दा बढीको आवेदन परेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिए ।
जानकारी अनुसार पूर्वाञ्चलमा ४४ हजार ६६, काठमाडौँ उपत्यकामा सात हजार एक सय १२, मध्यमाञ्चलमा ४२ हजार दुई सय ७४, पश्चिमाञ्चलमा २७ हजार आठ सय ५७, मध्यपश्चिमाञ्चलमा ३३ हजार चार सय ३१ र सूदुरपश्चिमाञ्लमा १८ हजार दुई ३७ को आवेदन परेको छ ।