आजबाट लकडाउनमा थप कडाई , एक जिल्लाबाट अर्को जिल्लामा समेत जान नपाइने

अनलाइन दर्पण 2020-04-17
img

काठमाडौं, ५ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या बढेसंगै  लकडाउनलाइ  थप कडाई गर्ने भएको छ । गृह मन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई परिपत्र गरेर एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न नदिन भनेको हो ।

गृहको यो निर्णयसँगै विभिन्न जिल्लाबाट घर फर्किन हिँडेकामाथि थप समस्या पर्ने भएका छन् । गृहले हाल बसोबास गरिरहेको स्थानबाट अन्यत्र नजान पनि सर्वसाधारणलाई अपिल गरेको छ । सुरक्षा निकाय, दुवै प्रहरी संगठन र सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई परिपत्र गरेर मानिस आवतजावत कडाइका साथ नियन्त्रण गर्न निर्देशन गरिएको छ ।

निर्देशन अवज्ञा गरेर हिडडुल गर्नेलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गरिने छ । वैशाख २ गते नै बसेको मन्त्रिपरिषद् बैठकले भारतीय सीमा नाका अनिश्चित कालका लागि बन्द गर्दै नाका सिल गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

Advertisement