लकडाउन अवधि १२ दिन थपियो, वैशाख १५ सम्म गर्ने मन्त्रिपरिषद्को निर्णय

अनलाइन दर्पण 2020-04-14
img

काठमाडौँ, २ बैशाख । रकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्‍याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्‍नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको हो । 

केहीबेरअघि मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो। एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमणहरु भेटिएपछि बढाएर सरकारले संक्रमण देखिदै गएपछि बढाउँदै लगेको हो। भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो।आज म‌ंगलबारमात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा बस्ने तीन  जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, लकडाउनका कारण फसेका र काम नहुँदा अलपत्र परेकालाई राजधानीबाट आआफ्ना घर जान दिने कि भन्ने विषयमा पनि मन्त्रिपरिषद्‍मा छलफल भएको थियो। स्रोतका अनुसार यसरी आवतजावत गर्न दिँदा लकडाउन खुकुलो हुने भएकाले यस्तो कुनै छुट नदिने पनि सरकारले निर्णय गरेको छ। यस्तै अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म बन्द गर्ने पनि सरकारले निर्णय गरेको छ।

लक डाउन हुनुभन्दा अघि नेपालमा कोरोना संक्रमित को संख्या जम्मा दुई जना थियो तीमध्ये पनि एक जना उपचार भएर घर फर्किसकेका थिए।अहिले कोरोना संक्रमितको संख्या १६ पुगेको छ। 

 

सम्बन्धित समाचार

Advertisement