सुस्ता गाँउपालिकाले विपन्न ज्यालामजदुरी गरेर आजीविका चलाउनेका लागि खाद्यान्न दिने

अनलाइन दर्पण 2020-03-26
img

अंगद यादव/ नवलपरासी पश्चिम १३ चैत्र । विश्वस्तरमै ठुलो महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणले सम्पुर्ण मानवजाती नै चुनौति पुर्णका अवस्थाबाट गुज्रीरहेको छ । संघीय सरकारले देशव्यापी रूपमा गरेको लकडाउनले गर्दा आम मजदुर, दैनिक ज्यालादार, साना रोजगार गरेर जीविका चलाउनेहारु, रिक्सा ठेला चालाउनेहरु, कृषि श्रमिक र गरिब तथा असहाय बर्ग समस्यामा परेका छन र घर घरमा दैनिक उपभोग्य सामग्रीको अभावको उत्पन्नले आफ्नो ज्याला मजदुरी गर्न नपाएर भोकै सुत्न नपर्ने बातावरण आएका परिवारलाई खान दिने व्यवस्था मिलाउन नवलपरासी पश्चिमको सुस्ता गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले बताउनुभएको छ ।

हरेक वडामा रहेका आफना जनप्रतिनिधिले त्यसको लगत लिएर पहिचान गर्नेछन । पहिचान भए पश्चात तुरुन्तै उसको पारिवारीक संख्याको आधारमा अत्यावश्यक खाद्यान्न उपलब्ध गराईने अध्यक्ष पाण्डेयले जानकारी गराउनु भयो ।

दैनिक ज्याला मजदुरी गर्ने कसैलाई साँझ बिहान को छाक टार्न गार्हो परेको छ भने टोल विकास संस्था, वडा सदस्य र वडाध्यक्ष समक्ष जानकारी गराउन अनुरोध समेत गर्नुभयो । उहाँले यस्तो विषम परिस्थितिमा स्थानीय निकायको धर्म निभाउनकालागि यस्तो कार्य गरेको बताउदै यदि कोहिले यसको गलत फाईदा उठाँउन खोजेमा कारवाही अर्थात गरिबको नाममा अरुले खाद्यन्न लैजानेलाई कारवाही समेत गरिने चेतावनी दिए ।

सुस्ताबासीहरुको जीवन रक्षाका लागि यस चुनौतिपुर्ण घडीमा गाउपालिकाले जनताको साथमा बसी सहयोगी भुमिका निर्वाह गर्न अध्यक्ष पाण्डेयले बताउनु भयो ।

सम्बन्धित समाचार

Advertisement