अंगद यादव/ नवलपरासी पश्चिम १३ चैत्र । विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस (कोभिड- १९) काे प्रभाव दिनानुदिन बढिरहेको अवस्थामा नेपाल उच्च जोखिमको सुचिमा रहेकोले नवलपरासी पश्चिमको गाउहरुमा कोरोना भाइरस (कोभिड-१९) त्रासले अपरिचित व्यक्तिलाई स्थानीय द्वारा गाउँ प्रवेश निषेध गरिएको छ ।
सरकारले देशभर कोरोनाबाट बच्नको लागि लकडाउन गरेपछि देशका अधिकांश सहर सुनसान देखिएको छ तर गाउँघरका स्थानीयले लकडाउनलाई गम्भिर रुपमा नलिएपछि जिल्लाका विभिन्न गाउँ टाेलका युवाले सडक नै बन्द गरेका छन् ।
‘लक डाउनको पालना गरौं, आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने सतर्कताको साथ सरावल गाउँपालिका वडा नं.-२ मनरी गाउँका युवाहरु द्धारा गाउँ प्रवेश गर्ने नाकाहरुमा तार वार सहित बाटो बन्द गरी अपरिचित व्यक्तिहरुलाई गाउँ प्रवेश निषेध सुशान्त शर्माले जानकारी गराउनु भएको छ ।
त्यस्तै जभाभावी सवारी चलाउने र गाउँ बाहिरका मानिसहरुको चहलपहल बढेपछि प्रतापपुर गाउपालिका वडा नं.-१ सिसहनिया, सुस्ता गाउँपालिका-३ रेवारेता तथा सुस्ता गाउँपालिका वडा नं.-५ मा अवस्थित शिवशक्ति युवा क्लब सकरदिनहीकाे युवाहरुद्धारा अपरिचित व्यक्तिलाई प्रवेश निषेध भाटा तेर्साएर तारवार सहित वाटाे गरिएको छ ।
एम्बुलेन्स, सुरक्षाकर्मीको गाडी, पानीको गाडी लगायतका अत्यावश्यक यातायातका साधन र ब्यक्तिलाई अवरोध नगरिने स्थानीयले बताएका छन ।