काठमाण्डाै, २५ माघ । राष्टबादी केन्द्र नेपालको दोस्रो तारकेश्वर नगरभेला सम्पन्न भएको छ। राष्टबादी केन्द्र नेपाल तारकेश्वर नगरपालिकाको दोस्रो बृहत भेला राजधानीको तारकेश्वर नगरपालिका स्थित तारकेश्वर पार्टी प्यालेसमा भएको थियो।
राष्टबादी केन्द्र नेपाल तारकेश्वर नगरपालिकाका प्रमुख अर्जुन उप्रेती को सभापतीत्वमा सम्पन्न उक्त कार्यक्रममा राष्टबादी केन्द्र नेपालका संयोजक चन्द्र ब थापा "सागर"को प्रमुख आतिथ्यता रहेको थियो।
भेलामा सम्वाेधन गर्दै राष्टबादी केन्द्र नेपालका संयोजक चन्द्र ब थापाले संबिधानमा लेखेर मात्र जनताको हक शुनिश्चित नहुने भन्दै त्यस्तो संबिधान जनतालाई मान्य नहुने, जसले नेपाली माटोको झन्डा अर्थात् नेपालको राष्ट्रिय झन्डा बोक्छ,तिनै सच्चा नेपाली नागरिकहरु हुन्, यदी सच्चा नागरिकले कुनै पनि राजनितिक पार्टी को झन्डा बोक्दैन, राष्ट्रियता, धर्म, साँस्कृतिक, जनजिबिका, शिक्षा स्वास्थ्य निशुल्क रोजगारको ग्यारेन्टी सहितको वैदिक सनातन हिन्दु राष्ट कायम गर्नुपर्नेमा जाेड दिए।
राष्टबादी केन्द्र नेपाल कुनै र कसैको राजनितिक दल नभएर राष्ट्रिय झन्डा र ॐ को झन्डामा गोलबद्द भएको स्वतन्त्र एबंम साझा अभियान हो"। वैदिक सनातन हिन्दु राष्ट्र कायम गर, बैदेशिक हस्तक्षेप बन्द गर, स्वदेशमा रोजगारको ग्यारेन्टी गर, शिक्षा र स्वास्थ्य निशुल्क गर, बन्द उधोग कलकारखाना संन्चालन गर, दोहोरो कर प्रणाली को अन्त्य गर, माटो सुँहाउदो शिक्षा लागू गर, ब्यबसायी उधमी लगानीकर्ताको सुरक्षा गर, खेल र खेलाडी को सम्मान गर"लगायतका नाराहरु राष्टबादी केन्द्र नेपालको आगामी फागुन २४ गते शनिबार राजधानी को भृकुटीमण्डपमा हुन गईरहेको शाान्तिपुर्ण खबरदारी आमसभामा उपस्थिति भईदिनका लागि केन्द्रीय संयोजक " सागर"ले उक्त बृहत भेलामा आग्रह समेत गर्नुभयो ।
भेलामा सेन्टर नं २ का प्रमुख अनिल राना थारु,टोखा नगरपालिका प्रमुख नारायण भन्डारी, होटल ब्यबसायी संघका अध्यक्ष हिमाल कार्की, तारकेश्वर नगरपालिकाका उपप्रमुख बट्टु अधिकारी, भिम बिष्ट, राष्ट्रबादी केन्द्र तारकेश्वर नगरपालिका बिधार्थी प्रमुख महेश चालिसे "सफल" , नारायणमान श्रेष्ठ , रन्जु बाँनिया, सरिता लामिछाने, तारकेश्वर नगरपालिका ४ नं वडा संयोजक रामकृष्ण रिजाल, दिपक "गोर्खे "शान्ता लामिछाने , दिपा थापा लगायत बिभिन्न संघ संस्थाका प्रतीनिधिहरु, बिधार्थी, समाजसेवी, युवा, खेलाडी,र धार्मिक गुरुहरुको समेत उपस्थिति रहेको राष्ट्रबादी केन्द्र तारकेश्वर नगरपालिकाका प्रचार/प्रसार उज्जल धमलाले जानकारी दिए"।