भक्तपुर, २४ माघ । चीनमा फैलिएको कोरोना भाइरसको जानकारी पहिलो पटक दिदै चेतावनी दिने डाक्टरको मृत्यु भएको पिपुल्स डेली चाइनाले जनाएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएको जानकारी दिने डाक्टर ली वेनलियाङ्गको कोरोना भाइरसकै कारण मृत्यु भएको हो ।
यसअघि पनि उनको मृत्यु भएको खबर बाहिरिएको थियो ।
विश्व स्वास्थ्य संगठन र चीनका सरकारी संचारमाध्यमले उनको मृत्यु भएको बताएपनि वुहानको सेन्ट्रल हस्पिटलले भने उनको गम्भीर अवस्थामा उपचार भइरहेको जनाएको थियो ।
सार्स जस्तै खालको रोगको संक्रमण वुहानमा फैलिएको सार्वजनिक गरेपछि उनलाई स्थानीय प्रहरीले भ्रम नफैल्याउन भन्दै नियन्त्रणमा लिएको थियो ।
तर पछि उनलाई राष्ट्रिय हिरोको रुपमा समेत चित्रित गरिदै आएपनि उनी भने सार्वजनिक हुन सकेका थिएनन् ।
समाजिक सञ्जालमा भने उनले सही समयमा सुचना दिएको भन्दै हिरोको रुपमा चर्चा गरिदै आएको छ ।