मोबाइलको विषयलाई लिएर बुहारीको हत्या गर्ने परिवार नै पक्राउ

अनलाइन दर्पण 2020-02-03
img

काठमाडौँ । मोवाइलको विषयलाई लिएर धनुषाको औरही गाउँपालिका– २ की २२ वर्षिया चिन्तामणि पासवानको हत्या गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय धनुषाले एक पत्रकार सम्मेलन आयोजना गरी चिन्तामणिको हत्या आरोपमा पक्राउ पर्नेहरुमा चिन्तामणिका श्रीमान् अनिल पासवान, ससुरा राधाकृष्ण पासवान, सासु कुमला पासवान र नन्द पुनिता पासवान रहेको जनाएको छ ।

गत माघ १८ गतेका दिन मोबाइलको मेमोरी कार्डको विषयमा चिन्तामणिकी नन्द पुनितासँग विवाद र झगडा भएको थियो, सोही विषयलाई लिएर श्रीमान अनिल, ससुरा राधाकृष्ण र सासु कुमलाले निर्ममतापूर्वक कुटपिट गरी बुहारी चिन्तामणिको घाँटी थिचेर हत्या गरेको धनुषा प्रहरीले जनाएको छ ।

प्रहरीले खोजतलासका क्रममा कुमला र पुनितालाई जनकपुर उपमहानगर-४ स्थित पेठिया बजारमा आइतबार साँझ पक्राउ गरेको हो । त्यस्तै राधाकृष्ण र अनिलकुमारलाई आज ९सोमबार० बिहान जनकनन्दनी २ बलहा टोलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।

चिन्तामणिको हत्या गरेर ससुरा पक्षका व्यक्तिहरुले झुण्डिएर आत्महत्या गरेको भनी हल्ला खल्ला गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखेर तिनीहरु फरार भएका थिए । शव शंकास्पद देखिएपछि प्रहरीले खोजतलास गर्दा घटनाको रहस्य खुलेको हो ।

सम्बन्धित समाचार

Advertisement