सिटिभिटी प्रदेश ३ को अन्तिम परिक्षाको उतर पुस्तिका परिक्षणमा समस्या कर्मचारी निलम्बनमा

अनलाइन दर्पण 2020-01-11
img

काठमाडौं पौष २५ सिटिभिटी को प्रदेश नम्बर ३ को बिध्यार्थीहरु को अन्तिम परिक्षाको उतर पुस्तिका जाच्ने र कम्युटरमा नम्बर इन्ट्री गर्ने क्रममा व्यापक अनिमियता गरेको पाइएको छ।सिटिभिटी ले छानबिन कमिटी बनाएको र परिक्षाको काममा सहभागी क्रमचारी लाई निलम्बन गरेको पाइएको छ।यस्तै गरि छात्रवृत्तिको सिफारिस गर्ने क्रममा पनि प्रदेश नम्बर ३ मा व्यापक भ्रष्टाचार भएको कुरा स्रोत ले बताएको छ जस्मा पहिला परिक्षा नियन्त्रण कार्यलयले गर्दा टिम बनाएर गरेको र अहिले प्रदेशलाइ त्यो अधिकार दिदा निवेदन दिएकाको भन्दा पनि कम नम्बर सिफारिस गरेको पनि पाएको छ।प्रदेशको कार्यलय टाढा भएका कारण पनि चित नबुझेको कुरा र सोधपुछ गर्न नसकेको नेबि संघका बिद्यार्थी नेता योन्जर कार्की बताउछन।सानोठिमी क्याम्पसका स्वबियु सभापति रमेश खडकाको अनुसार यसै गरि बिध्यार्थीका नम्बर पैसा दिएकै भरमा बढने र छात्रवृत्तिको सिफारिस पनि पहुचका आधारमा हुने हो भने कम्जोर मान्छेले न्याय नपाउने र न्यायका निमित्त बिद्यार्थीहरु आन्दोलित हुनुपर्ने बताउनु भयो।अखिलका पुर्ब नेता मदन खड्काको अनुसार जतिपनी गलत काम भएका छन ती सबै तल्लो तहका क्रमचारी माथिल्लो तहका हाकिम को आड नपाइ यस्तो काम नगर्ने भएकाले सबै लाई छानबिनको दायरामा ल्याउनु पर्ने बताउनु भयो।

सम्बन्धित समाचार