राज्यले कर्मचारीलाई उच्च मनोबलको साथ सम्मान दिन्छ- मन्त्री त्रिपाठी

अनलाइन दर्पण 2019-12-05
img

अंगद यादव / नवलपरासी पश्चिम १९ मंसिर ।  नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले राज्यले कर्मचारीलाई उच्च मनोबलको साथ सम्मान दिने प्रयास गरिने बताउनु भएको छ । 

मन्त्री बनेपछि गृह जिल्ला आउनु भएका मन्त्री  त्रिपाठीलाई नवलपरासी पश्चिमको विभिन्न ठाउमा आयोजना गररिएको स्वागत तथा शुभकामना कार्यक्रममा उहाले राज्यकाे तर्फबाट कर्मचारीको मनोबलमा गिरावट नहुने बताउनु भएको हाे । 

हरेक कर्मचारीको सम्मान दिने प्रयास, यो आशाको साथ कि त्यो सम्मान जनतालाई मिलोस, कर्मचारी जनतालाई दिन्छन, त्यो हाम्रो सम्मान हुने मन्त्री त्रिपाठीले बताउनुभयो । 

अहिलेको अवस्था, चुनौति र संविधानलाई ध्यानमा राखेर निजामति सेवा ऐन उचित कार्यान्वयन हुनपर्ने मुख्य आवश्यकता रहेको बताउदै मन्त्री त्रिपाठीले आवश्यक अनुसार निजामति सेवा सम्बन्धी विधेयकलाई संसोधन गरिने समेत बताउनुभयो । 

संघीय मामिलामा धेरै काम अहिले अधुरो रहेको छ । निजामती सेवा ऐन करिब एक बर्ष देखि रहेकोले छलफल हुन नसक्ने अवस्था रहेकोले अब त्यसलाई छलफल ल्याउने शुरु भइसकेकोले छिटैनै समितिद्वारा पारित हुने नवनियुक्त मन्त्री त्रिपाठीले विश्वास गराउनु भयो । 

संघिय निजामती सेवा ऐन पारित भएपछि प्रदेश निजामती सेवा ऐन र स्थानीय निजामती सेवा ऐनको बाटो खुल्छ, त्यो छाता ऐन जस्तो हुने भन्नु भएका थिए । 

समायोजनमा केही समस्याको कारण गाउपालिका नगरपालिकामा कर्मचारी जान नचाहेकाले कर्मचारीमा उत्साह भरिने समेत मन्त्री  त्रिपाठीले बताउनुभयाे । केही प्रतिशतमा स्थानीय तहका कर्मचारी लाई प्रदेश र संघमा हुन तथा प्रशासनको अंग बन्नको लागि व्यवस्था गरिने र कम्तिमा दुई बर्ष प्रदेशमा काम गरेकोलाई मात्रै प्रमोसन गरिने मन्त्री त्रिपाठीले बताउनुभएकाे थियाे । 

अनुशासित र प्रार्दशिता भएर काम गर्ने स्थानीय तह र अनुशासनहिनता र अप्रार्दशिता देखाउने स्थानीय तहको बीचमा विभेद त हुनैपर्छ । दुई वटैलाई एउटै तराजुमा तौलिन नमिल्ने । यसका लागि अनुदानमा विशेष ध्यान दिनुपर्छ । यदि कुनै स्थानीय तहले समयमा धेरै राम्रोसँग काम सम्पन्न गरेको छ भने उसको अनुदानलाई त्यही अनुसार प्रोत्साहन गरिन्छ र जसले आर्थिक अनियमितता वा आर्थिक अनुशासनहिनता गरेको छ भने त्यस्तालाई अनुदानमा कटौती गरिन्छ । यसो गर्दा उसलाई सुधार गरिने मौका हुने मन्त्रीले बताउनुभएका थिए । 

स्वतन्त्र राजनीति समूहले त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको अभिनन्दन एवं स्वागत कार्यक्रममा बोल्दै संघ, प्रदेश र स्थानीय तहबीच देखिएका असमझदारीहरुलाई हटाउँदै हाम्रो हस्तक्षेपकारी होइन समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा त्रिपाठीले राख्नुभएकाे थियाे ।

प्रधानमन्त्रीले गर्दा संघीयता अगाडि बढेन भनेर आरोप लगाउने पनि छन तर यो आरोप सर्वथा गलत हो-मन्त्री  त्रिपाठीले बताउनु भयो । किसानको समस्यालाई लिएर सरकार प्रभावकारी ढंगले अगाडी बढिरहेको छ । चाडै उपज मूल्य निर्धारण आयोग गठन गरेर किसानको भुक्तानीको समस्या हटाउने सरकारको ध्यान रहेको बताउनु भयो । 

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य अजय शाहीले जनताको करबाट राज्य चलेकाले राज्य संयन्त्रले समेत जनतलाई प्रभावकारी सेवा प्रवाह गर्न सरकार आवश्यकता अनुसार पहल कदमी उठाउनुपर्ने बताउनुभयो । क्षेत्रमा विकासका कार्य तिब्रगतिले भईरहेको समेत जानकारी गराउनु भयो । 

बर्दघाट , सुस्ताको बालपुरी मन्दिर छिबनी , प्रतापपुरको गोपीगञ्ज , बेलाटारी र सुस्ताको कुडिया लगायतका स्थानमा मन्त्री त्रिपाठीलाई स्वागत गरिएको थियो ।

सम्बन्धित समाचार