डोटीबाट बिहानै आयाे यस्ताे दु:खद खबर, बस दुर्घटनाः एक जनाको मृत्यु, २८ भन्दा बढी घाइते

अनलाइन दर्पण 2019-11-02
img

काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिका-१ गेरुपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २८ जनाभन्दा बढी घाइते भएका छन् ।

महेन्द्रनगरबाट बाजुरातर्फ जाँदै गरेको यात्रुबाहक ना ७ ख ६१८१ नम्बरको बस शनिबार बिहान सडकबाट करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उद्धार गरी दिपायलस्थित विभिन्न अस्पतालमा पठाइएको छ । बसमा झन्डै ४० जना यात्रु सवार थिए ।

प्रहरीका अनुसार मृतक र घाइतेको पहिचान हुन सकेको छैन ।

सम्बन्धित समाचार