सप्तरीमा अपरिचित व्यक्तिले गोली चलाउँदा १ जना घाइते

अनलाइन दर्पण 2019-09-23
img

सप्तरी । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले चलाएको गोली लागेर सप्तरीमा १ जना घाइते भएका छन् । स ११ प १३६६ नम्बरको मोटरसाइकलमा सवार भइ राजबिराजबाट घरतर्फ जाँदै गरेको अवस्थामा स्थानीय २४ वर्षीय भगवतीप्रसाद विष्टमाथि गोली प्रहार भएको थियो ।

भारतीय नम्बर प्लेटेको मोटरसाइकलमा आएका २ जनाले विष्टमाथि २ राउण्ड गोली प्रहार गरेका थिए ।१ राउण्ड गोली मिस फायर भएको र १ राृउण्ड गोली लागेर विष्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गोली लागेर घाइते भएका विष्टको सगरमाथा अञ्चल अस्पतालमा प्रारम्भिक उपचारपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट १ थान ९ एमएमको गोलीको खोका र मिस फाइर भएको अर्को ९ एमएमको गोली बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोली प्रहार गर्ने व्यक्तिको भने खोजी भइरहेको छ ।

 

सम्बन्धित समाचार