कीर्तिमानी संग्रहालय स्थापनार्थ गाइघाटमा महोत्सव हुने, उटको डान्स हेर्न पाइने

अनलाइन दर्पण 2019-09-14
img

गाइघाट। “आर्थिक विकासको मुल आधार , सह अस्तित्वर ब्यापार ” भन्ने मुल नाराका साथ यही अशोज १ गतेदेखी १० गते सम्म उदयपुरको गाइघाटमा दशै तिहार महोत्सवको आयोजना हुने भएको छ । किर्तिमानी युवा संघ नेपाल र पुर्खा फाउण्डेसनको आयोजनामा वडा दशैको अवसर पारेर मेला लगाउने तयारी भइ रहेको मुल आयोजक समितिले बिहिबार एक पत्रकार सम्मेवलको आयोजना गरी जानकारी गराएको छ । 

नेपालको चर्चित कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहने महोत्सवले नेपाल भ्रमण बर्ष २०२० लाइ सफल बनाउने , किर्तिमानी संग्राहालय निर्र्र्माणार्थ हस्ताक्षर संकलन गर्ने लागुपदार्थ दुब्र्यसनको अन्त्यको निमित्त बिभिन्न जनचेनतामुलक कार्यक्रम गर्ने उदेस्य राखेको छ । 

यस्तै उदयपुरभरी लुकेर रहेका कला तथा कलाकारहरुलाइ पाएक पर्ने स्थानमा छनौट अडिसन गरी उत्कृष्ट हुनेलाइ पुरस्कार बितरण तथा सम्मान , स्थानीय उत्पादन तथा स्थानिय ब्यापारलाइ प्रबर्दन ,उदयपुर भित्र रहेका अपाङ्ग असत्त र सडक बालबालीकालाइ पुनस्र्थापना गराउनको लागी महोत्सव आयोजना गर्न लागीएको मुल आयोजक समितिका संयोजक सरोज श्र्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो । 

यस्तै मेलाको मुख्य आकर्षणको रुपमा उटको डान्सपनी हेर्न सकिने जनाइएको छ । त्रियुगा बसपार्क पछाडी हुन लागेको दशै तिहार महोत्सवको सम्पुर्ण तयारी अन्तिम चरणमा रहेको आयोजक संस्था किर्तिमानी युवा संघका अध्यक्ष चित्र कुमार कार्कीले जानकारी दिनुभयो

सम्बन्धित समाचार

Advertisement