ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु

अनलाइन दर्पण 2019-07-02
img

दाङ, १७ असार । दाङमा ट्र्याक्टर पल्टिँदा एक व्यक्तिको मृत्यु भएको छ ।

गएराति तुलसीपुर उपमहानगरपालिका–८ टिकरीखोलामा ना५त ९०७९ नंको ट्र्याक्टर पल्टिँदा चालक तुलसीपुर–५ बगरपुर निवासी २० वर्षीय दीपक नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 घाइते भएका नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सम्बन्धित समाचार

Advertisement