रौतहटमा प्रहरीको गाडी दुर्घटना हुँदा ११ जना घाइते

अनलाइन दर्पण 2019-06-25
img

रौतहट, १० असार । रौतहटमा प्रहरीको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

चन्द्रनिगाहरपुरबाट थुनुवा लिएर जिल्ला अदालत गौर जाँदै गरेको ना१झ५३८९ नम्बरको  गाडी दुर्घटना हुँदा  ६ जना प्रहरी जवानहरू र ५ जना थुनुवा घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

घाइते भएका प्रहरी अजय यादव र सञ्जय कार्कीको चन्द्रपुर अस्पलतामा उपचार भइरहेको छ भने घाइते भएका २ जना थुनुवाहरू रमेश कुमार चौधरी र निर्मल शाहलाई उपचारका लागि वीरगंज लगिएको प्रहरीले जनाएको छ ।

अन्य थुनुवाहरूको परिचय खुल्न सकेको छैन । उक्त दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ 

सम्बन्धित समाचार

Advertisement