नवलपरासीको सिमा नाका आज देखि तीन दिनको लागि बन्द

अनलाइन दर्पण 2019-05-17
img

अंगद यादव/ नवलपरासी पश्चिम ०३ जेठ । नेपाल भारत सीमा ३ दिनका लागि बन्द हुने भएको छ । छिमेकी मित्र राष्ट्र भारतको महाराजगंज जिल्लामा लोकसभाको सातौं चरणको निर्वाचन हुन गइरहेको उक्त निर्वाचनको शिलशिलामा मिति २०७६/०२/०३ गते राती १२ बजे देखि २०७६/०२/०५ गते बेलुका ५ बजे सम्म नेपाल र भारत बिचको सिमा नाका बन्द हुने नवलपरासीको जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ ।

जिल्लाको सीमावर्ती नाका गूठी प्रसौनी (झुलनीपुर), भुजहवा, महेशपुर (ठूठीबारी, विसुनपुरा र भैसालोटन नाका बन्द हुने छन् । प्रशासनद्वारा जारी सूचनामा आज राति १२ बजेबाट बन्द हुने नाका जेठ ५ गते साँझ ६ बजेपछि सञ्चालन हुने उल्लेख गरिएको छ ।

भारतको उत्तर प्रदेश राज्य महाराजगंज जिल्लामा हुने चुनावको सुरक्षालाई मध्यनजर गर्दे नेपाल भारत सीमा नाकाबाट निर्वाचनका बेला घुसपैठ नहोस् भनेर दुवै देशमा निर्वाचन हुँदा सीमा नाका बन्द गरिदै आएको छ ।

सीमा क्षेत्रमा कुनै पनि प्रकारका अवैध गतिविधिहरु सञ्चालन हुन नदिन दुवै देशका सीमा क्षेत्रका सुरक्षाकर्मीहरुको संयुक्त गस्ती र कडा निगरानी समेत बढाइएको छ ।

यतिबेला नवलपरासीको सिमाना नाका गुठीप्रसौनी(झुलनीपुर), भुजहवा, महेशपुर(ठुठीबारी), विसुनपुरा र भैसालोटन नाकालाई सुरक्षा दृष्टिकोणले सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

सम्बन्धित समाचार

Advertisement