स्थानीय विकास निर्माणको अनुगमन गर्दै प्रतापपुर गाउँपालिका

अनलाइन दर्पण 2019-04-10
img

अंगद यादव /नवलपरासी पश्चिम २७ चैत ।

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाले विकास निर्माण, पुनर्निमाण, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत लगायको प्राविधिक टोली सहित अनुगमन गरेको छ ।

गाउँ पालिकाले स्थानीयको गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्ने उद्देश्यले वडाका कामको समेत अनुगमन गर्ने गरेको गाउँपालिका अध्यक्ष राजकुमार शर्माले बताए । ‘हामीले अहिले गाउँबस्तीमा गएर उनीहरुको समस्या बुझ्ने र गाउँपालिकाबाट सम्बोधन गर्न सकिने समस्यालाई गाउँपालिकाबाटै सम्बोधन गर्न थालेका छौं शर्माले भने ।

सकेसम्म जनताले एउटा कामको लागि पटक–पटक धाउन नपरोस् भन्ने लक्ष्य लिएर गाउँपालिकाले यो कामलाई अगि बढाएको जनाएको छ ।

सडक निर्माणकोे लागि मोटरबाटोको समस्यामा परेको बाढि पीडित स्थानीयहरुलाई सडक पुल निर्माणमा सहज बनाउने गरि पिपरपातीको धोबहा खोलामा कज्बे पुल निर्माण प्रक्रिया अन्तिम चरणमा छ । गाउपालिकाको वडा नम्बर तीन र चार लगायतका वडाहरुमा पर्ने गाउँहरु बढि बाढी बाट पिडित भएकोले त्यसलाई पनि प्राथमिकतामा राखेर विकासको काम अघि बढाइएको छ ।

‘स्थानीय निर्वाचनपछि पदभार सम्हाले लगतै हामीले स्थानीयलाई सहज हुने ढगंले कामलाई छिटो र छरितो सेवा प्रदान गदैै आएका छौँ,’ उनले भने, ‘सडक निर्माण कार्यमा मापदण्ड विपरित र गणस्तहिन भएको पाइएमा भुक्तानी समेत उपभोक्ता समितिले पाउने भुक्तानी रोक्ने छ ।’ अहिले स्वास्थ्य, शिक्षा, खानेपानी लगायत विभिन्न जिम्मेवारी गाउपालिकाले पाएपछि सो क्षेत्रलाई समेत नमुनाको रुपमा परिवर्तन गर्ने उनले बताए ।

गाउँपालिका उपाध्यक्ष एवं अनुगमन समिति संयोजक अंजु कुमारी चौधरीले अनुगमन लाई निरन्तरता दिदै मापदण्ड विपरीत र गुणस्तरीय निर्माण कार्य तुरुन्तै रोकिने गरेको बताइन् । अनुगमन गर्दा निर्माण कार्य प्रभावकारी हुदै गरेको छ ।

सम्बन्धित समाचार

Advertisement