भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु, टिपरमा यसरी लगाइयो आगो

अनलाइन दर्पण 2018-10-03
img

भक्तपुर — अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक पान्डूबजारमा बुधबार साँझ टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकबाट भक्तपुरतर्फ आइरहेको बा ८८ प ८५२ को मोटरसाइललाई सोही दिशाबाट आएको बा ४ ख ३६५० नम्बरको टिपरले ठक्कर दिँदा ती व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा काभ्रे डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठको मृत्यु भएको छ । घटनापछि स्थानीय बासिन्दाले टिपर जलाइदिएका छन्।

राति ८ बजे अगाडि नै टिपर चलाएर दुर्घटना गराएको भन्दै स्थानीयले टिपरमा आगो लगाएका हुन्। टिपरको आगो निभाउन आएको दमकललाई समेत प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन्।

आक्रोशित भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास हानेको छ। अहिले त्यस क्षेत्रमा यातायात आवामगन रोकिएको छ।

सम्बन्धित समाचार