आर्थिक अनियमितता गर्ने वडाध्यक्षलाई बझाङका किसानले दले कालोमोसो

अनलाइन दर्पण 2018-10-02
img

बझाङ । बझाङको बुङगल नगरपालिकाका एक वडाध्यक्षलाई आर्थिक अनियमियतता गरेको भन्दै स्थानीय किसानहरूले कालोमोसो दलेका छन् ।

किसानहरूले बुङगल नरपालिका वडा नम्बर ९ का वडाध्यक्ष देउमल धामीलाई कृषिका लागि विनियोजन भएको तीन लाख ५० हजार रुपैयाँ हिनामिना गरेको भन्दै मंगलबार कालोमोसो दलेका थिए ।

कृषिका लागि विनियोजन भएको साढे तीन लाख रुपैयाँमध्ये वडाध्यक्ष धामीले ५० हजार रुपैयाँको मात्र बिउविजन खरिद गरेर वितरण गरेको किसानले आरोप लगाएका छन् । -बुलबुलनेपाल

सम्बन्धित समाचार