केही दिन अगाडि १० वर्षीया बालिकाको बलात्कार पछि हत्या भएको खबर सार्बजनिक भयो । स्थानीय मानिसहरु आक्रोशित भए। कसैले हत्यारालाई फाँसी चढाउने कुरा गरे त कसैले जिउँदै काट्नुपर्ने भन्दै आक्रोश व्यक्त गरे । आन्दोलन चर्किँदै गयो । तर यता घटनाको ६० घण्टा बित्न नपाउँदै आरोपीले आँफै यस्तो आत्मघाती कदम उठाए। अहिले मानिसहरुले भन्न थालेका छन् भगवानले हत्यारालाई आफैँ फाँसी दिएका छन्।
नेपालको छिमेकी क्षेत्र भारतको उत्तर प्रदेशमा गत सेप्टेम्बर १९ तारिखका दिन बालिका बेपत्ता भईन् । त्यसको भोलिपल्ट अर्थात २० तारिखका दिन साँझ ति बालिकाको शव बोरामा पोको पारेको अवस्थामा भेट्टिएको थियो। यस घटनापछि जिल्लाभर जनआक्रोश फैलियो । आक्रोशित समुदायले मैनबत्ति र राँके जुलुस निकाले । आक्रोशित समुदायले भयानक आन्दोलन गरे र बलात्कारपछि हत्या गर्नेलाई फाँसी हुनुपेर्ने कडा माग गरे।
तर २१ तारिख राति ३ बजे आरोपितले झुण्डिएर आत्माहत्या गरेको खबर सार्बजनिक भयो । जुन घटनापछि मानिसहरु खूशीले गद्गद् छन् किनकी कानुनले कारवाही गर्दा कति वर्ष लाग्थ्यो अहिले तत्कालै आफैँले ज्यान फाल्यो, आक्रोशित समुदायका अगुवाहरुले भनेका छन्।-एजेन्सी