पोखरामा वेश्यावृत्तिको लाइसेन्स बाँड्ने मुख्यमन्त्रीको घोषणाले सुरु भो हंगामा (भिडियो)

अनलाइन दर्पण 2018-09-24
img

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रेडलाइट तोकेर यौन पेशा व्यवस्थित गरिने भनेर दिएको अभिव्यक्तिले पोखरामा हंगामा सुरु भएको छ । यतिबेला यहाँका चोक चौराह देखि सार्वजनिक मञ्चमा रेड लाइट एरिया तोक्ने बहसको पक्ष र विपक्षमा चर्काचर्की सुरु भएको छ ।

केहिदिन अगाडि एक औपचारिक कार्यक्रममा गुरुङले पोखरामा रेडलाइट एरिया तोक्ने र वेश्यावृत्तिका लागि लाइसेन्स बाँड्ने बताएपछि त्यसको समर्थन र विरोधमा बहस चर्किएको छ । धेरैले ठानेका थिए मुख्यमन्त्रीले मजाकमा यस्तो कुरा गरेका होलान् । तर उनी रेडलाइट एरिया तोक्ने वषयमा सोचिबिचारी अगाडि बढेको कुरा यो भिडियो संवादमा बताएका छन् ।

मुख्यमन्त्रीका अनुसार हाम्रो समाजमा यौनको व्यवस्थापन नहुँदा पारिवारिक विखण्ड बढेको छ । जस्तै श्रीमान बाहिर भयो भने श्रीमतीले यहाँ व्यभिचार गर्ने, श्रीमती बाहिर छन् भने श्रीमानले व्यभिचार गर्ने। त्यसैले रेडलाइट एरिया तोकियो भने यौन पेशालाई व्यवस्थित गर्न सकिन्छ र समाजमा अपराध कम हुन्छ ।

गुरुङ भन्छन- मैले वेश्वृत्तिलाई व्यवस्थित गर्न एउटा कानुन निर्माण गरौँ भन्दा चाँहि के नराम्रो भो । कतिले मलाई यो मुख्यमन्त्रीले त समाजमा विखण्डन ल्याउने कुरा गर्यो पनि भने ।पोखरामा र नेपालभरि नै यो वेश्यावृत्ति जुन ढङ्गले भइरहेको छ र यसले समाजमा जुन प्रकारको विकृति ल्याइरहेको छ, त्यसको अन्त्य गर्ने र त्यसलाई व्यवस्थित गर्ने कुरा मैले गरेको हो ।

त्यसका लागि रेड लाइट एरिया तोक्नु उचित हुन्छ । जसरी यौन व्यवसाय चलिरहेको छ र यौनकर्मीहरु छन्, उनीहरुले पनि सास्ती खेपिरहेका उनको तर्क छ । यौनकर्मी र आपत्तिजनक अवस्थामा भटिएका जोडीबाट प्रशासन र सुरक्षा निकायका मानिसहरुले पैसा खाने गरेका उनले दावी गरे । भन्छन- च्याप्प समायो लग्यो। रङ्गेहात समात्यौं भन्यो पैसा खायो ।

होटलवालाको पनि बेइज्जती, त्यहाँ काम गर्नेको पनि बेइज्जती, पक्राउ पर्ने पुरुषको पनि बेइज्जती, महिलाको पनि बेइज्जती। त्यस्तै पर्यो भने अर्काकी श्रीमती परिरहेकी हुन्छिन्। त्यसपछि घर परिवार सबै विखण्डन हुने भयो। अनि जत्ति भन्यो त्यत्ति पैसा दिएर उनीहरु निस्किन्छन्। यो अहिले दैनिकजसो भइरहेकै कुरा हो । यस्तो विकृति भइराख्नु भन्दा यसलाई व्यवस्थित गरौं भनेको हो मैले। यो सबै ढोङ छोडौं र यसलाई व्यवस्थित गरौं। र, सभ्य समाजतिर लागौं भनेको हो मैले। त्यसकारण यो विषयमा छलफल गरौं। देशभर बहस र विवाद चर्किएपछि मुख्यमन्त्रीले दिए यस्तो वयानः

हेर्नुस भिडियो:

सम्बन्धित समाचार