दाङमा आफ्नै छोरी बलात्कार गर्ने बाबु यसरी परे प्रहरीको फन्दामा

अनलाइन दर्पण 2018-09-22
img

असोज ६, दाङ । दाङमा आफनै बाबुबाट १३ वर्षिया बालिका बलात्कृत भएकी छन ।

तुलसीपुर उपमहानगरपालिका–५ की १३ वर्षीया बालिकालाई घरमै पटक–पटक बाबुले बलात्कार गर्ने गरेको तथ्य बाहिर आएको छ । पछिल्लो समय बलात्कारकै कारण योनीमा घाउ आएपछि उपचारका क्रममा बाबुबाट बालिका बलात्कृत भएको रहस्य खुलेको छ ।

छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालयमा बालिका र बालिकाकी आमाले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए ।

उनले बालिकाको जिल्ला बाहिर उपचार भइरहेको र रिपोर्टमा समेत बलात्कार भएको पुष्टि भएपछि बाबुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएकोे बताए ।

बालिका उपचारमा रहेकाले उनी जिल्ला फर्के लगतै कानुनी प्रक्रिया अघि बढ्ने सापकोटाले जानकारी दिए । बाबुलाई अहिले ईलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिरहेको उनले बताए ।

सम्बन्धित समाचार