बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

अनलाइन दर्पण 2018-09-20
img

भक्तपुर, ५ असोज। भक्तपुरको सूर्यविनायकमा गएराति बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।

बनेपातर्फ  जाँदै गरेको बा९ख ९४५४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा८०प ६९५९ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे पनौती–९ सुनथानका ३५ वर्षीय सुदर्शन तिमल्सिना र मोटरसाइकलको पछाडि रहेका चितवन घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर बस्ने १८ वर्षीया एलिशा अधिकारी रहेकाे महानगरीय प्रहरी वृत्त जगातीले जनाएकाे छ ।

घाइतेको उपचारका लागि भक्तपुर अस्पताल लगिएकाेमा अस्पतालले दुवैलाई मृत घोषणा गरेको थियो ।

प्रहरीले घटनापछि फरार रहेका बसका चालक काभ्रे बनेपा चारदोबाटोका ३३ वर्षीय सनम श्रेष्ठ र बसलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको प्रहरीले बताएको छ 

सम्बन्धित समाचार