भक्तपुर। मध्यपुरबासीलाई निःशुल्क उपचार गराउने कार्यक्रम अगाडि बढेको छ । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालको रेडियोलोजी ब्लकको शिलान्यास एबम फार्मेसी उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख मदन सुन्दर श्रेष्ठले नगरपालिकाका ८० प्रतिशत नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी गराई मध्यपुरका शतप्रतिशत नागरिकलाई निःशुल्क उपचारको कार्यक्रम अगाडि बढाएको बताउनुभयो।
बुधबार बिहान अस्पताल प्राङ्गनमा अस्पतालको रेडियोलोजी ब्लक भवनको शिलान्यास गर्दै स्वास्थ्यमा नागरिकको सहज पहुँज अभिवृद्धि गर्ने उद्देश्यले सेवा विस्तार गर्न अस्पतालले ब्लक निर्माण गर्न लागेको बताउनुभयो ।
अस्पतालले निकट भविश्यमा सिटी स्क्यान सेवा समेत सञ्चालन गर्ने भएको छ । नगरपालिकाले अस्पताललाई पांच वर्षका लागि सात करोड ऋण उपलव्ध गराएपछी अस्पतालमा सिटी स्क्यानसंगै थप दुई वटा डिजिटल एक्सरे समेत ल्याउने पहल भइरहेको छ । अस्पताललाई प्रभावकारी बनाउन नगरपालिकाले थप एक करोड अनुदान दिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
नगर प्रमुख श्रेष्ठले अस्पतालले सञ्चालनमा ल्याएको फार्मेसीको समेत उद्घाटन गर्नुभयो । नागरिकलाई सहुलियत दरमा औषधि बिक्री गरी सेवा प्रदान गर्न अस्पतालले आफ्नै फार्मेसी सेवा शुरु गरेको हो । अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएपछि फार्मेसीबाट बार्षिक १ करोड ५० लाख भन्दाबढी आम्दानी अपेक्षा गरिएको छ । यसअघि निसान मेडिकल हलले अस्पताललाई बार्षिक १५ लाख भाडा तिर्नेगरी अस्पताल हाताभित्र फार्मेसी सञ्चालन गर्दै आएको थियो ।
दशैअघिनै देखी सञ्चालन हुनेगरी अस्पतालले थप दुई एम्बुलेन्स खरिद प्रक्रिया समेत अघी बढाएको छ ।अस्पतालमा सरसफ़ाईइको लागि पानीको व्यस्थापनका लागि मुख्य गेट अगाडी डीप बोरिङ्ग गरी पनि निकाल्न लागिएको छ ।
अस्पतालले कर्मचारीको तलब सुविधामा समेत समायोजन गरेको छ । समायोजन संगै स्टाफ नर्सहरुको तलब मासिक ११ हजार बाट २५ हजार पुगेको छ भने सबै स्टाफहरुको तलब सरकारी मापदण्ड अनुरुप समायोजन गरी श्रावन महिना देखिकै उपलब्ध गराइने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।