मोटरसाइकलको ठक्करबाट बृद्धको मृत्यु

अनलाइन दर्पण 2018-09-19
img

मध्यपुरथिमि नगरपालिका वडा नम्बर ४ मा सडक पार गर्ने क्रममा मोटरसाइकलको ठक्करबाट बुधबार साझँ एक वृद्धको मृत्यु भएको छ  ।

चारदोबाटोस्थित अरनिको राजमार्ग पार गर्ने क्रममा पैदल यात्री सोही स्थानका बर्ष ८० का जोगभक्त श्रेष्ठरलाई भक्तपुरबाट काठमाडौतर्फ जाँदै गरेको बा ७० प १६६५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्करपछि घाईते भएका श्रेष्ठको उपचारको मध्यपुर अस्पताल उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।। 

ठक्कर दिने मोटर साइकल चालक भारत बिहार घर भक्तपुर बालकोट बस्ने बर्ष ३० को सम्लेशकुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

सम्बन्धित समाचार