गाली गरेको निहुँमा ढुंगाले हानेर बालकको हत्या

अनलाइन दर्पण 2018-09-15

बझाङ - छबिसपाथीभेरा गाउँपालिका ७, मजखोरीका महेश बोहराका ९ बर्षीय छोरा कुशलको हत्या उनकै छिमेकीबाट भएको खुलेको छ । 

आजको कान्तिपुरको पृष्ठ १३ मा छापिएको समाचार अनुसार, गाली गरेको निहुँमा उनको हत्या गरिएको हो । 

सोही ठाउँका ध्वज बोहराका १७ बर्षीय छोरा तिलकले बालकको हत्या गरेको स्वीकारेका छन् । 

तिलकले उनलाई चाउचाउ किन्न पठाएको र समयमै नफर्केपछि किन ढिला गरेको भनेर एक थप्पड लगाउँदा कुशलले गाली गरेपछि ढुंगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । 

'छाडा छाडा गाली गर्न थाल्यो लात्तााले पेटमा हानेर ढलाएँ', तिलकले भने, 'त्यसपछि ढुंगै ढुंगाले हानें, उ बोल्न छाडेपछि मकैबारीमा लगेर ढुंगाले छोपिदिएँ ।'

तिलक कजखोरी माविमा ८ कक्षामा अध्ययनरत छन् । 

सम्बन्धित समाचार